एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने घोषणा

बिहीबार सचिवालय बैठकमा उनले अध्यक्षको प्रतिस्पर्धा गर्ने औपचारिक रुपमा जानकारी दिएको एक सचिवालय सदस्यले बताए ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

UML Senior Vice President Pokharel announces to contest for the presidency

काठमाडौँ — एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

बिहीबार सचिवालय बैठकमा उनले अध्यक्षको प्रतिस्पर्धा गर्ने औपचारिक रुपमा जानकारी दिएको एक सचिवालय सदस्यले बताए ।

‘यो महाधिवेशनमा मैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने विचार गरेको छु । म स्वस्थ ढंगले प्रतिस्पर्धा गर्छु,’ पोखरेलको भनाइ थियो, ‘हामीले स्वस्थ प्रतिस्पर्धा गरौं । मेरो कुनै व्यक्तिप्रति लक्षित छैन ।’

त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने उल्लेख गर्दै नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गर्नु विगतकै परम्परा भएको बताए । ‘विगतमा हामीले प्रतिस्पर्धा गर्दै आएको हो । तर विगतमा प्रतिस्पर्धा गरेका व्यक्तिहरु पार्टीमा रहनुभएन,’ उनले भने, ‘नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गरौं । पार्टीलाई एकताबद्ध बनाएर जाऔं ।’

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ ।

कान्तिपुर

Link copied successfully