आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।
काठमाडौँ — मेडिकल व्यवसायी एवं अभियन्ता दाबी गर्दै आएका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
प्रसाईंका छोरा निराजनले मंसिर ३ गते दर्ता गरेका हुन् । निवेदन आज न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको निवेदनमा पहिलो सुनुवाइका लागि पेशी तोकिएको छ ।
प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।
उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । उनले एनपीएल समेत रोक्न आग्रह गरेका थिए ।
