महाधिवेशनका विषयमा सहमति नजुटेपछि फेरि सर्‍यो कांग्रेस बैठक

महाधिवेशनका विषयमा नेताहरूबीच सहमति नभएपछि बैठक पुन: स्थगित भएको हो।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Congress meeting postponed again after no agreement reached on general convention

ललितपुर — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। महाधिवेशनका विषयमा नेताहरूबीच सहमति नभएपछि बैठक पुन: स्थगित भएको हो।

बिहीबार दिउँसो बस्ने भनिएको बैठक अब मङ्सिर ६ गते शनिबार दिउँसो १:०० बजेका लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।

कान्तिपुर संवाददाता

Link copied successfully