एमालेले प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग राख्दै आएको छ ।
काठमाडौँ — एमालेको विघटित संसदीय दलको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। भदौ २४ मा आगजनी भएको कार्यालय मर्मत गरी बैठक सुरु भएको हो। एमालेले प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग राख्दै आएको छ ।
पछिल्लो समय एमालेभित्र प्रतिनिधिसभा पुनःस्थापना कि चुनाव भन्ने विषयमा बहस भइरहेको छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा बोल्ने १ सय ८४ सदस्यमध्ये अधिकांशले गरे प्रतिनिधिसभा पुनःस्थापनाको प्रस्तावमा समर्थन गरेका छन् भने आन्तरिक रूपमा निर्वाचनको तयारी गर्न सुझाव दिएका छन् ।
