पार्टी र अध्यक्षमाथि राज्यले संगठित आक्रमण गरिरहेको छ : एमाले नेता पौडेल

उनले नेता ‘जेन-जी’ विद्रोहपछि एमाले फरक ठाउँमा पुगेको बताउँदै आफुहरूको भूमिका बदलिएको बताएका छन् ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

The state is carrying out an organized attack on the party and its chairman: UML leader Poudel

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले पार्टी र पार्टी अध्यक्षमाथि राज्यले संगठित आक्रमण गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित विघटित संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले नेता ‘जेन-जी’ विद्रोहपछि एमाले फरक ठाउँमा पुगेको बताउँदै आफुहरूको भूमिका बदलिएको बताएका छन् । उनले ‘जेन-जी’ विद्रोहपछि प्रतिगमन भएको बताउँदै आफुहरू जनतामाझ जानुपर्ने आवश्यकता भएको बताए ।

उनले भने, ‘हामीले हरेक परिस्थितिमा आफूलाई खरो उतार्नुपर्छ । राज्य सत्ताको नेतृत्वमा बस्दा होस् वा सडकमा जाँदा होस्, दुवै बेला हामी खरो रूपमा उत्रिनुपर्छ ।’ उनले संविधानलाई घाइते बनाइएको बताउँदै संसद् बाहिरबाट सरकार बनाउने कुरा प्रतिगमन भएको बताउँदै आन्दोलन गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार 

एमालेको विघटित संसदीय दलको बैठक जारी

कान्तिपुर संवाददाता

Link copied successfully