नेत्रविक्रम नेतृत्वको पार्टीको नाम फेरियो, चुनाव चिह्न गुलाब

नेत्रविक्रम चन्द भन्छन् : 'माओवादी आन्दोलनलाई गुलाबसँग जोडौँ, एकीकृत जनक्रान्तिको नयाँ मोर्चामा अगाडि बढौँ।' 

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Netra Bikram-led party's name changed, election symbol changed to rose

काठमाडौँ — नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गरी नेकपा (माओवादी)   बनाएर निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीको चुनाव चिह्न गुलावको फूल रहेको नेता असल क्षत्रीले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता प्रमाणपत्र लिन जानुअघि चन्दले माओवादी आन्दोलनलाई गुलावसँग जोड्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए,'माओवादी आन्दोलनलाई गुलाबसँग जोडेर एकीकृत जनक्रान्तिको नयाँ मोर्चामा अगाडि बढौँ। नयाँ समय,नयाँ पुस्ता, नयाँ आन्दोलन ! जनताको नयाँ निर्णयमा भरोसा गरौँ।'

माओवादी, नेकपा एसलगायतका दलको एकीकरण प्रक्रियमा नगएका तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका घनश्याम भूसाललगायतले नेत्रविक्रम चन्दबीच साझा मोर्चा बनाएर अघि बढ्ने गरी नयाँ सहमति गरिसकेका छन् ।

शर्मा, भूसाल र चन्दले पुराना दलका अहिलेका नेतृत्वबाट युवाहरूको अपेक्षाअनुसार काम हुन नसक्ने भन्दै नेतृत्व हस्तान्तरणको मुद्दा अघि सारेका छन् ।

कान्तिपुर

Link copied successfully