दल दर्ताका लागि दुर्गा प्रसाईं समर्थित समूह निवेदन लिएर आयोगमा

पार्टीको नाम 'नागरिक बचाउ दल, नेपाल' राखिएको छ भने सभापतिमा झापा निवासी माधवप्रसाद खतिवडा प्रस्तावित छन् ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Durga Prasai-backed group submits application to the Commission for party registration

What you should know

काठमाडौँ — 'नागरिक बचाउ महाअभियान'का संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको जानकारी दिए । 

पार्टीको नाम 'नागरिक बचाउ दल, नेपाल' राखिएको छ भने सभापतिमा झापा निवासी ५० वर्षीय माधवप्रसाद खतिवडा प्रस्तावित छन् । उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई (काठमाडौं) र देवीप्रसाद संग्रौला छन् । प्रसाईं आफू भने कुनै पदमा बसेका छैनन् ।

कान्तिपुर

Link copied successfully