देउवालाई भेटेर महामन्त्री शर्माले भने : मंसिरभित्रै विशेष महाधिवेशन गरौँ

मंसिरभित्रै  विशेष महाधिवेशन नगरे महामन्त्रीबाट राजीनामा दिने शर्माको चेतावनी

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

After meeting Deuba, General Secretary Sharma said: Let's hold a special general convention within Mangsir.

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विशेष महाधिवेशनमा जान प्रस्ताव गरेका छन्। उनले आगामी मंसिर मा विशेष महाधिवेशन गर्ने र एक वर्षपछि २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिने अर्को विकल्प सुझाएका छन्। 

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरिसकेको अवस्थामा त्यसलाई अस्वीकार गरेर अघि बढ्ने सुविधा नभएको शर्माको भनाइ थियो। 

४०% प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २८ गते नै हस्ताक्षर सहित विशेष महाधिवेशनको माग गरिसकेका छन्। 

विधानले बाध्यकारी बनाएको विशेष महाधिवेशन लाई कांग्रेसले अस्वीकार गरेर जाने हो भने संसद् विघटन र सरकार निर्माणलाई अवैधानिक भनेर जान कांग्रेसलाई नैतिक संकट पर्ने शर्माको भनाइ थियो। 

भेटपछि शर्माले आफू निकट नेताहरूसँगको कुराकानीको जानकारी गराएका थिए। शर्माले मंसिरभित्रै  विशेष महाधिवेशन नगर्ने हो भने आफूले महामन्त्रीबाट राजीनामा दिने बताएका थिए। देउवाले आजबाट पार्टीभित्रको विभिन्न पक्षसँग कुराकानी गर्न थालेका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारलाई बोलाइएको छ।

कान्तिपुर

Link copied successfully