देउवा र पत्नी आरजु राणा देउवा शुक्रबार राति स्वदेश फर्किएका हुन् ।
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट स्वदेश फर्किएका छन् ।
देउवा र पत्नी आरजु राणा देउवा शुक्रबार राति स्वदेश फर्किएका हुन् । उनीहरुको स्वागतका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता प्रकाशशरण महतलगायत नेता, कार्यकर्ता विमानस्थल पुगेका थिए ।
देउवा दम्पती गत कात्तिक १० मा उपचारका लागि सिंगापुर गएका थिए । जेन-जी प्रदर्शनका क्रममा भएको कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए ।
देउवा २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट अलग भएका थिए । यसबीचमा नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विवादले पार्टी अनिर्णयको बन्दी बनेपछि सहजीकरणका लागि नेताहरूले देउवालाई आग्रह गरेका छन् । देउवालाई पर्खन केन्द्रीय कार्यसमिति बैठक लम्ब्याउँदै लगिएको छ ।
