विशेष महाधिवेशनको दबाव दिँदै महिलाहरुको भेला थापागाउँमा

केन्द्रीय सदस्यसमेत रहेकी नेतृ प्रतिमा गौतमले नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशन नै हुनुपर्ने बताइन्।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Women gather in Thapagaun, pressing for a special general convention

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनपक्षधर महिलाहरुले आज काठमाडौंमा भेला गरेका छन् ।

निर्वाचन अगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्नेबारेमा केन्द्रीय कार्यसमितिमा चर्को विवाद चलिरहेका बेला विशेष महाधिवेशनका लागि दबाव दिने उद्देश्यले भेला गरिएको हो । 

केन्द्रीय सदस्यसमेत रहेकी नेतृ प्रतिमा गौतमले नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशननै हुनुपर्ने बताइन्। 

पार्टीको नीति र नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जान नसकिने भन्दै गौतमले त्यसका लागि पार्टीभित्र नेताहरुलाई दबाव दिन भेला राखिएको बताइन् । भेलामा महाधिवेशन प्रतिनिधिहरुसहित महिला अगुवाहरुको सहभागिता छ ।

कान्तिपुर

Link copied successfully