राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास, थापा र लिङ्देनबीच छलफल

धुम्बाराहीको एक होटलमा नेताद्वयबीच 'वान टु वान' छलफल भएको हो ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Efforts for unity between RPP and RPP Nepal, discussions between Thapa and Lingden

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसबाट फुटेर बनेको राप्रपा नेपालबीच एकताका लागि छलफल सुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा मंगलबार 'वान टु वान' वार्ता गरेका छन् ।

धुम्बाराहीको एक होटलमा नेताद्वयबीच 'वान टु वान' छलफल भएको हो । दुई पार्टीबीच सहकार्य र एकताकै विषयमा कुराकानी भएको एक नेताले बताए  ।

राप्रपा अध्यक्ष थापा र लिङ्देन दुवै एकताका लागि सकारात्मक रहेको ती नेताले बताए । थापाले आफू लिङ्देनलाई नै अध्यक्ष स्वीकार्न सक्ने संकेत गरेपछि एकताको वातावरण बनेको र एक दुई चरण कुर पछि निर्णय हुने दाबी गरे ।  

एक साताअघि राप्रपा नेपालले औपचारिक रूपमा राप्रपासँग एकताको प्रस्ताव गरेको थियो । थापाले आजको छलफलपछि आज आफूहरुले सौहार्दपूर्ण वातावरणमा भेटघाट गरेको र सकारात्मक दिशातर्फ उन्मुख भएको दाबी गरे ।

कान्तिपुर

Link copied successfully