जेन-जी आन्दोलनमा रोटी सेक्नेहरू एमालेविरुद्ध छन्: नेता झाँक्री

नेत्री झाँक्रीले जेन-जी आन्दोलनमा सहभागी धेरै व्यक्तिहरूले स्वार्थका लागि एमालेविरुद्ध काम गरेको भन्दै चिन्ता व्यक्त गरेकी छिन्।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Those who are baking bread in the Gen-G movement are against UML: Leader Jhankri

काठमाडौँ — नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन—जी पुस्ताको आन्दोलनका नाममा स्वार्थ केन्द्रित काम भइरहेको बताएकी छन् ।

सोमबार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले जेन-जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भए पनि त्यसमा रोटी सेक्नेहरू धेरै भएको बताइन् ।

अहिले जेन-जी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको बताइन् । जेन-जी आन्दोलनका स्टक होल्डरहरू नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थ केन्द्रित काम गर्न थालेको बताइन् । जेन-जी आन्दोलनमा रोटी सेक्नेहरू एमालेविरुद्ध खनिएको बताइन् ।

उनले भनिन्, ‘जेन-जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो। त्यो सामान्य कुरा थियो। त्यसमा रोटी सेक्नका लागि जुन जुन तत्त्वहरू सामेल भए, आज फर्केर हेर्दा जेन-जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभियो समाजमा। जेन-जी आन्दोलनका स्टक होल्डरहरू नजानिँदो ढंगले मान्छेहरूले आफूलाई दाबी गरिहरेका छन्। चाहे त्यो माओवादी तत्कालीन पार्टी होस्, नेपाली कांग्रेसको एउटा हिस्सा होस्, राप्रपा होस्, रास्वपा होस्, वा अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरू हुन्, समाजमा हेर्नुस्। जेन-जी आन्दोलनमा रोटी सेक्नेहरू आज नेकपा एमालेका विरुद्धमा छन्।’

नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताइन् । क्रान्तिकारी शक्तिहरू अब अलमल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गरिन् । सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, र नागरिक जीवनको रक्षाका लागि नेकपा एमालेमा आउनुपर्ने बताइन् ।

कान्तिपुर

Link copied successfully