सञ्चारमाध्यममा गएर र्याइँर्याइँ गर्नुको औचित्य नरहेको उनको स्पष्ट पारेका छन् ।
What you should know
काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनःगठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि हुने महाधिवेशन पनि अगाडि सारेको बताए।
शुक्रबार काठमाडौंमा विद्वत् वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पुनःगठन गर्न आफूलाई कुनै आपत्ति नरहेको र कसले पार्टीमा रहेर काम गरेको छ वा छैन भन्ने कुरा कार्यकर्ताले स्पष्ट देखेको बताए। काम गर्नेहरू पार्टीमा रहने र काम नगर्ने अब बिदा हुने पनि स्पष्ट पारे।
उनले भने, ‘पार्टीमा पुनःगठन चाहियो, चाहियो भनेर एक थरी साथीहरू धेरै कराएका हुनाले अनुशासनहीन ढंगले उपद्रव मच्चाएको हुनाले एक वर्षपछि हुने महाधिवेशनलाई मैले एक वर्षअघि सारेको छु। ठिक छ। पुनःगठन गरौँ न त। काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ। को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ। को लडेछ, छैन, को काम गरेको छ कि छैन, कार्यकर्ताले देखेको छ।'
अध्यक्ष ओलीले आफूलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने नेताहरूलाई ल्याएर उपाध्यक्ष राखेर पार्टी अघि बढाएको बताए। उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कराँते सिक्ने काम आफ्नो टाउकोलाई बनाएर नेताहरूले काम गरिरहेको बताए। सञ्चारमाध्यममा गएर र्याइँर्याइँ गर्नुको औचित्य नरहेको उनको स्पष्ट पारेका छन् ।
उनले भने, 'मिडियामा गएर क्याईंक्याईं गरेको छ। उता युट्युबमा गयो त्यस्तै छ। टेलिभिजनमा गयो र्याइँर्याइँ गरेको छ। एउटा पत्रिका भनेको छ, र्याइँर्याइँ गरेको छ। यति बेला संसद् पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेला हो।’
