चन्द, शर्मा र भूसालबीच सहकार्य गर्ने सहमति 

चन्द निवास हात्तीवनमा शुक्रबार बिहान भएको भेटवार्तामा वामपन्थी, देशभक्त शत्तिहरूबीच सहकार्य गर्ने समझदारी भएको छ ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Chand, Sharma and Bhusal agree to collaborate

What you should know

काठमाडौँ — कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द्र, प्रगतिशील अभियानका नेता एवं माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको छ ।

चन्द निवास हात्तीवनमा शुक्रबार बिहान भएको भेटवार्तामा वामपन्थी, देशभक्त शत्तिहरूबीच सहकार्य गर्ने समझदारी भएको छ । ‘हामीबीच बृहत् वामपन्थी अभियानका लागि राजनीतिक सहकार्य गर्ने सैद्धान्तिक सहमति भयो भन्न मिल्छ,’ भूसालले इकान्तितुरसँग भने, ‘यसका साथै मुलुकको अन्य समाजवादी शक्तिहरूसँग पनि छलफल गर्ने कुरा भएको छ ।’

तीन नेताले निर्माण गर्ने मोर्चाको नाम र संरचनाबारे छलफल भइरहेको छ । आगामी दिनको रोडम्यापबारे शुक्रबार अपराह्नसम्म संयुक्त विज्ञप्ति निकाल्ने तयारी छ । ‘अहिले मुलुकमा पार्टीको हैसियत धराशायी हुँदै आएको छ । यस्तो अवस्थामा वामपन्थी, देशभक्त र समाजवादी शक्तिबीच सहकार्य आवश्यक छ भनेर हामीले छलफल गरेका हौँ,’ भूसालको भनाइ छ ।

छलफलमा शर्माले अभियानकै रूपमा आफू र नेता राम कार्कीले धारणा सार्वजनिक गरिसकेकाले त्यसलाई बृहत् गर्दै जानुपर्ने आवश्यक भएको बताएका थिए । 

भेटमा चन्दले यसअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको संयोजकत्वमा भएको समाजवादी मोर्चाको औचित्य सकिएले नयाँ ढंगले अघि जानुपर्ने बतएका थिए । हाल चन्द समाजवादी मोर्चाका संयोजक छन् । मोर्चामा भएका माओवादी, नेकपा एकीकृत समाजवादीबीच एकता भएपछि मोर्चाको औचित्यमाथि प्रश्न उठेको उनको भनाइ थियो ।

माओवादी, नेकपा एकीकृत समाजवादी र अन्य साना दलबीच एकता हुनुअघि तीन नेताले साझा मञ्चबाट बृहत् अभियान चलाउने बताएका थिए ।

कान्तिपुर

Link copied successfully