नवगठित नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

नेपाली कम्युनिस्ट पार्टीका नेता लिलामणि पोखरेलले यसअघि दर्ता भएका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा समाजवादी, जनसमाजवादी खारेज गरी नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

The newly formed Nepali Communist Party has applied to the Commission for party registration.

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।  

विभिन्न १० वटा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणा गरेपछि आयोगमा दल दर्ताको निवेदन आएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

निवेदन प्रक्रियामा रहेको र छलफल पछि निर्णय हुने उनले जानकारी दिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन् ।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता लिलामणि पोखरेलले यसअघि दर्ता भएका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा समाजवादी, जनसमाजवादी खारेज गरी नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । 

१० घटकबीच भएको एकताले बुधबार नेपाली कम्युनिस्ट पार्टी गठन गरेको थियो।

कान्तिपुर

Link copied successfully