माओवादी केन्द्रसहितका १० दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा बुधबार नेकपा एस समाहित भएपछि झाँक्री, श्रेष्ठलगायत नेता असन्तुष्ट बनेका थिए ।
काठमाडौँ — एकीकृत समाजवादी पार्टीबाट अलग भएका नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले बिहीबार ओली निवास भक्तपुरको गुन्डु पुगेर भेटेका हुन् ।
माओवादी केन्द्रसहितका १० दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा बुधबार नेकपा एस समाहित भएपछि झाँक्री, श्रेष्ठलगायत नेता असन्तुष्ट बनेका थिए । भेटमा एमाले महासचिव शंकर पोखरेल पनि थिए ।
झाँक्री, श्रेष्ठलगायतलाई पार्टीमा स्वागतका लागि आगामी मंसिर २४ गते राष्ट्रिय सभागृह काठमाडौंमा 'घर फर्कने अभियान'कार्यक्रम आयोजना गर्ने एमालेले जनाएको छ ।
