केन्द्रीय समिति बैठक नगई आफूनिकट नेताहरूसँगको भेटघाटमा व्यस्त कांग्रेस महामन्त्री थापा

केन्द्रीय कार्यसमितिमा धारणा राख्ने काम मात्रै रहेकाले महामन्त्री थापाले बाहिरी भेटघाटमा व्यस्त रहेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Congress General Secretary Thapa busy meeting with leaders close to him instead of attending the Central Committee meeting

काठमाडौँ — कांग्रेसको बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापा अनुपस्थित भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बैठकमा नगई थापाले आफूपक्षीय नेताहरूसँग दिनभर भेटवार्ता गरेका थिए ।

केन्द्रीय कार्यसमितिमा धारणा राख्ने काम मात्रै रहेकाले महामन्त्री थापाले बाहिरी भेटघाटमा व्यस्त रहेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । निर्वाचन अगाडिको कार्यतालिका ल्याउन कार्यवाहक सभापतिले अनुमति नदिएकोकोप्रति असन्तुष्ट भएका थापाले यसअघि कात्तिक १३ को बैठक पनि बहिष्कार गरेका थिए । 

सहमतिको लामो प्रयास असफल भएपछि थापाले मंगलबार असहमतिबीच पुस १६-१९ को कार्यतालिका प्रस्तुत गरेका थिए । उक्त कार्यतालिकाप्रति असहमत रहेका संस्थापनपक्षीय नेताहरूले आफ्नो पक्षबाट सह-महामन्त्री महेन्द्र यादवलाई वैशाख २७-२९ को काउन्टर प्रस्ताव राखेका थिए ।

केन्द्रीय कार्यसमिमितको बैठकमा महामन्त्रीले प्रस्ताव राख्ने विधानको व्यवस्था छ । तर, संस्थापनपक्षका केही नेताहरूले क्षेत्राधिकारबाहिर गएर सहमहामन्त्रीबाट आफ्नो पक्षमा प्रस्ताव राख्न लगाएका थिए । संस्थापन पक्षमा पनि सात पूर्व पदाधिकारी वैशाख अगाडि कुनै पनि हालतमा महाधिवशेन गराउने पक्षमा छैनन् ।

कान्तिपुर

Link copied successfully