जेन–जी अगुवालाई बाबुरामको सुझाव : विद्रोहलाई वैधानिकता दिन तुरुन्तै लिखित सम्झौता गरौँ

जेन–जी अगुवाहरूले आन्दोलन अपराधीकरणतर्फ रूपान्तरण हुने चिन्ता व्यक्त गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले यसलाई लिखित सम्झौता गरेर वैधानिक बनाउन सकिने बताएका थिए ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Baburam's suggestion to Gen-G leaders: Let's immediately reach a written agreement to legitimize the rebellion

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जेन–जी विद्रोहलाई वैधानिकता दिन सरकारसँग तुरुन्तै लिखित सम्झौता गर्न सुझाव दिएका छन् ।

बिहीबार बानेश्वरमा आयोजित ‘जेन–जी अगुवाहरूसँग अन्तरसम्बन्ध’ कार्यक्रममा उनले आन्दोलनलाई वैधानिकता दिन विभिन्न बुँदामा लिखित सम्झौता आवश्यक रहेको बताएका हुन् ।

जेन–जी अगुवाहरूले आन्दोलन अपराधीकरणतर्फ रूपान्तरण हुने चिन्ता व्यक्त गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले यसलाई लिखित सम्झौता गरेर वैधानिक बनाउन सकिने बताएका थिए ।

भट्टराईले भने, 'जेन–जी विद्रोह नेपाली लोकतान्त्रिक आन्दोलनको चौथो खुड्किलो हो । यसलाई वैधानिकता दिन तिमीहरूले वर्तमान अन्तरिम सरकारसँग तुरुन्तै लिखित सम्झौता गर्नुपर्छ । तिमीहरूको आन्दोलनको मर्मअनुसार काम भएको छ कि छैन ? ठूला भ्रष्टाचारको छानबिन भए ? यी विषयहरू समेटिने गरी लिखित सम्झौता गर्नुपर्छ ।'

कान्तिपुर

Link copied successfully