यो एकताले कम्युनिस्ट पार्टीहरूको फुटको इतिहास मेटिनेछ : यादव

‘नेपालका कम्युनिस्टको फुटको इतिहास सकिनेछ । ऐतिहासिक जिम्मेवारी आएको छ । यो एकता ऐतिहासिक हो,’उनले भने

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

This unity will erase the history of divisions among communist parties: Yadav

काठमाडौँ — माओवादीसँग एकता गरेका महिन्द्र राय यादवले पछिल्लो एकताले नेपाली कम्युनिस्टको फुटको इतिहास मेटाउने दाबी गरेका छन् । एकता घोषणासभामा उनले नयाँ पार्टीमा समानुपातिक, समावेशी प्रतिनिधित्व हुनुपर्नै बताए ।

‘नेपालका कम्युनिस्टको फुटको इतिहास सकिनेछ । ऐतिहासिक जिम्मेवारी आएको छ । यो एकता ऐतिहासिक हो,’उनले भने

उनी गत निर्वाचनमा माओवादी चुनावबाट उम्मेदवार भई प्रतिनिधिसभामा सदस्य विजयी भएका थिए । उनको पार्टीका अर्का नेता गंगानारायण श्रेष्ठ ६ महिनाअघि नै माओवादीमा प्रवेश गरेका थिए ।

कान्तिपुर

Link copied successfully