वामदेव गौतमको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔं

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले वर्तमान शासन प्रणालीमा सधैं ६–६ महिनामा वा महिनामहिनामा सरकार परिवर्तन हुने भएकाले मुलुकलाई अगाडि बढाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताए ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Bamdev Gautam's proposal: Let's move to a directly elected presidential system of government

काठमाडौँ — नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले वर्तमान शासन प्रणालीमा सधैं ६–६ महिनामा वा महिनामहिनामा सरकार परिवर्तन हुने भएकाले मुलुकलाई अगाडि बढाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताए ।

उनले समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता पनि जोड्दै भने, 'यो सधैं ६/६ महिनामा सरकार परिवर्तन हुने, महिनामहिनामा सरकार परिवर्तन हुने प्रणाली समाप्त गरेर मात्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्छ। साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ। त्यसो भयो भने मात्र मुलुक अगाडि बढ्न सक्छ। मेरो विनम्र अनुरोध छ–यो प्रस्ताव पारित गरिदिनुहोस्, जनता यसलाई समर्थन गर्न तयार छन्।'

नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरूले अनिवार्य रूपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था पनि हुनुपर्ने बताए।

कान्तिपुर संवाददाता

Link copied successfully