यस्ता छन् कांग्रेस महामन्त्री र संस्थापनपक्षको कार्यतालिका 

महामन्त्री थापाले निर्वाचन अगाडि र सहमहामन्त्री यादवले निर्वाचनपछाडिको कार्यतालिका प्रस्ताव गरेका छन् । थापाको उक्त प्रस्तावलाई संस्थापनइतरखेमाले समर्थन गरेको छ ।

कार्तिक १८, २०८२

कुलचन्द न्यौपाने

These are the work schedules of the Congress General Secretary and the establishment party.

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय कार्यसमितिमा अलग–अलग कार्यतालिका प्रस्तुत गरेका छन् । 

महामन्त्री थापाले निर्वाचन अगाडि र सहमहामन्त्री यादवले निर्वाचनपछाडिको कार्यतालिका प्रस्ताव गरेका छन् । थापाको उक्त प्रस्तावलाई संस्थापनइतरखेमाले समर्थन गरेको छ । फागुन २१ को निर्वाचन अगाडि कुनै पनि हालतमा महाधिवेशन गराउन नचाहेको संस्थापनपक्षले सहमहामन्त्री यादवमार्फत कार्यतालिका प्रस्तुत गरेको हो । 

केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको बाहुल्यता छ । आफ्नो कार्यतालिका बहुमतबाट पास गरेर महामन्त्री थापाको प्रस्तावलाई असफल बनाउने रणनीतिअन्तर्गत संस्थापन पक्षले काउन्टर प्रस्ताव ल्याएको हो । दुवैको कार्यतालिका यस्तो छ । 

थापाको प्रस्ताव 

थापाले प्रस्तुत गरेको कार्यतालिकामा क्षेत्रीय अधिवेशनपछि पालिका, प्रदेश क्षेत्र, दुई निर्वाचन क्षेत्र रहेका जिल्ला र सात प्रदेशको अधिवेशन पछि गर्ने गरी केन्द्रीय अधिवेशनलाई केन्द्रित गरिएको छ । क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रको अधिवेशन गर्ने बाटो खुल्छ । महाधिवेशन प्रतिनिधिहरु प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाटबाट निर्वाचित हुन्छन् । 

संस्थापन पक्षको कार्यतालिका 

कुलचन्द न्यौपाने

Link copied successfully