माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु

आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका आठ दलले एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Maoist Center's National Convention Organizing Committee meeting begins

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ। नेकपा (एकीकृत समाजवादी) लगायत दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो। 

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्ने छन्।

आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका आठ दलले एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए। दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्ण जीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

भोलि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी एकताको घोषणा, त्यसको विधान र केन्द्रीय कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ।

कान्तिपुर

Link copied successfully