एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक युवा महाधिवेशन प्रतिनिधि बनाउने

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशन विधिमा चारमध्ये एक युवा प्रतिनिधि सुनिश्चित गरेको हो ।

कार्तिक १५, २०८२

गंगा बीसी

UML to select one out of four youth convention representatives from each constituency

काठमाडौँ — एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक ४० वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि बनाएको छ ।

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशन विधिमा चारमध्ये एक युवा प्रतिनिधि सुनिश्चित गरेको हो । 

एमाले केन्द्रीय पदाधिकारीको शनिबारको बैठकले करिब दुई हजार दुई सय महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ । ‘हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पहिलो १२ सय सदस्यबाट ४ (एक महिला, एक ४० वर्ष मुनिको युवा र २ खुल्ला) रहने’ विधि बनाएको छ । त्यसपछि ८ सय सदस्यवाट थप एक प्रतिनिधिका दरले छनौट गर्ने छ । 

प्रदेश कमिटीबाट कम्तीमा २ महिलासमेत ५ का दरले ४५ जना, विशेष जिल्ला कमिटी ११ बाट ४७, प्रवास ३० जना, केन्दीय कार्यालय र ३२ विभाग १/१ का दरले ३३, जनसंगठन २३ (महासंघबाट ७ र अन्यबाट ५ का दरले) १२७ पर  दलित (जिल्ला निर्वाचक मण्डल) ८१ महाधिवेशन प्रतिनिधि हुने भएका छन् ।

त्यस्तै केन्द्रीय कमिटीबाट ३५४, केन्दीय अनुशासन आयोगबाट २९, केन्द्रीय लेखा आयोगबाट ३०, निर्वाचन आयोग २५ र केन्द्रीय सल्लाहकारबाट २५ प्रतिनिधि छनौट हुनेछन् ।

केन्द्रीय सचिवालयले पोखरामा गर्ने भनिएको महाधिवेशकन काठमाडौंमा सार्ने निर्णय पनि गरेको छ ।

गंगा बीसी

Link copied successfully