माओवादीसँग एकताको टुंगो लगाउन एकीकृत समाजवादीले दियो केन्द्रीय सचिवालयलाई जिम्मा 

उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले भने माओवादीलगायत अन्य दलसँग एकता गर्ने नीतिगत निर्णय भएको दाबी गरे ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Unified Socialists have given the responsibility to the Central Secretariat to finalize the unity with the Maoists.

काठमाडौँ — एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको निर्णयलाई टुंगोमा पुर्‍याउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

केन्द्रीय कमिटीको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, उपमहासचिव विजय पौडेल, नेतृ रामकुमारी झाँक्रीलगायत एक दर्जन नेताले असहमति राखेपछि माओवादीसँग एकता गर्ने निर्णय टुंगोमा पुग्न सकेन ।

‘माओवादीसँग एकताका लागि सचिवालय निर्णय गर्ने छ । केन्द्रीय कमिटीले यसलाई टुंगोमा पुर्‍याएन,’ महासचिव घनश्याम भुसालले भने, ‘हाम्रो असहमति सचिवालय बैठकमा राख्छौं ।’

बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले भने माओवादीलगायत अन्य दलसँग एकता गर्ने नीतिगत निर्णय भएको दाबी गरे । ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायत राजनीतिक दलहरुसँग पार्टी एकता गर्ने नीतिगत निर्णय गरेको छ । एकताको सम्पूर्ण प्रक्रिया कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सचिवालयलाई अधिकार दिएको छ,’ उनले भने, ‘पार्टी एकता गर्ने सर्वसम्मतिले निर्णय गरका छौं ।’ 

उनले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पनि विभिन्न बहसपछि सर्वसम्मत रुपमा पारित गरेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully