सरकार, जेन-जी र दलसहितको त्रिपक्षीय बैठकमा को-को नेता सहभागी हुँदैछन् ?

छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १३ जना प्रतिनिधिको सहभागिता हुने बताइएको छ ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Which leaders are participating in the tripartite meeting involving the government, Gen-G, and the party?

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच बुधबार हुने त्रिपक्षीय छलफलमा सहभागी हुने दलका प्रतिनिधिहरुको टुंगो लागेको छ ।

छलफलमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, माओवादीबाट वर्षामान पुन सहभागी हुँदैछन् ।

एमालेबाट भने महेश बर्तौला र क्षितिज थेबे सहभागी हुने भएका छन् । त्यस्तै रास्वपाबाट स्वर्णिम वाग्ले र निशा डाँगी सहभागी हुने बताइएको छ  

यो छलफलमा सहभागी हुने विभिन्न जेन-जी समूहका १३ जनाको नाममा टुंगो लागिसकेको छ । छलफलमा आन्दोलनका घाइते र मृतक परिवारका प्रतिनिधि पनि सहभागी हुँदैछन् ।

कान्तिपुर

Link copied successfully