जेन-जी र दलसहितको त्रिपक्षीय बैठकमा मृतक र घाइतेका प्रतिनिधि पनि सहभागी हुने

त्रिपक्षीय छलफलमा जेन-जी समुहबाट सहभागी हुने १३ जनाको नाममा टुंगो लागिसकेको छ ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Representatives of the deceased and injured will also participate in the tripartite meeting with Gen-G and the party.

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच बुधबार हुने त्रिपक्षीय छलफलमा आन्दोलनका घाइते र मृतक परिवारका प्रतिनिधि पनि सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री कार्यलयका अनुसार सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच बुधबार हुने त्रिपक्षीय छलफलमा जेन-जी समुहबाट सहभागी हुने १३ जनाको नाममा टुंगो लागिसकेको छ ।

उक्त छलफलमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, माओवादीबाट वर्षामान पुन सहभागी हुने टुंगो लागीसकेको छ । छलफलमा प्रधानमन्त्री कार्कीका अलवा गृहमन्त्री ओमप्रकाश अर्याल,संचारमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully