ओलीले वर्तमान राजनीतिक अन्योलता अन्त्य गर्न भन्दै ६ बुँदे प्रस्ताव राखेका हुन् ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको प्रस्ताव गरेका छन् ।
भक्तपुरको गुण्डुस्थित निवासमा भएको भेट्न पुगेको राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग ओलीले जेन-जीको सहभागिता रहेको नयाँ सरकार गठन गरी फागुन २१ मा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जानकारी दिएका छन् ।
ओलीले वर्तमान राजनीतिक अन्योलता अन्त्य गर्न भन्दै ६ बुँदे प्रस्ताव राखेका हुन् ।
ओलीको मार्गचित्र
१. असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना
२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था
३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट
४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन
५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव
६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण
