उपसभामुख राना र बेलायतको ननिटन बेडवर्थ बरोका ‘मेयर’ बीच भेटवार्ता

सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा मंगलबार भएको भेटका क्रममा भेटका क्रममा उनीहरूबीच अनुभव आदानप्रदान भएको थियो ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Meeting between Deputy Speaker Rana and the Mayor of Nuneaton Bedworth Borough, UK

काठमाडौँ — उपसभामुख इन्दिरा राना र बेलायतको ननिटन बेडवर्थ बरोको ‘मेयर’ भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगरबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा मंगलबार भएको भेटका क्रममा भेटका क्रममा उनीहरूबीच अनुभव आदानप्रदान भएको थियो । उपसभामुख रानाले हालै मेयरमा निर्वाचित मगरलाई सम्मानसमेत गरेको उनको सचिवालयले जनाएको छ ।

सोही अवसरमा उपसभामुख रानाले भनिन्, 'नेपालीका लागि तपाईँ एउटा गौरव हो, बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेकी छु ।'

पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माधागढी गाउँपालिका–१ मा जन्मिएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका थिए । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्दा उनी सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए । करिब तीन दशक ब्रिटिस सेनामा सेवा गरेका सारु हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन् ।

कान्तिपुर

Link copied successfully