पार्टी एकताका लागि अग्रज नेताले मार्गप्रशस्त गर्नुपर्ने चन्दको प्रस्ताव

‘एकता गर्ने नै हो तर सरकारमा गएका, मन्त्री भएका बाहेक कम्युनिस्ट आन्दोलनमा भाग लिएका नयाँ पुस्ताको पार्टी बनाइनुपर्छ । अग्रज नेताहरुले मार्गप्रशस्त गर्नुपर्छ ।’

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Chand proposes that senior leaders pave the way for party unity

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्दले माओवादीसहित कम्युनिस्ट एकताका लागि पुराना नेताले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

‘अब नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरेर, नयाँ पुस्तालाई जोडेर जानुपर्छ । अग्रज नेतालाई सम्मानपूर्वक आग्रह पनि गरेका छौं । एकता गर्ने नै हो तर सरकारमा गएका, मन्त्री भएका बाहेक कम्युनिस्ट आन्दोलनमा भाग लिएका नयाँ पुस्ताको पार्टी बनाइनुपर्छ,’ उनले आइतबार केन्द्रीय समितिको निर्णय सुनाए, ‘अग्रज नेताहरुले मार्गप्रशस्त गर्नुपर्छ ।’

उनले पुराना कम्युनिस्ट पार्टीले आन्दोलनको नेतृत्व गर्ने नसक्ने बताए । ‘कम्युनिस्ट पार्टीका स्थापित नेता वा बनिबनाउ पार्टीले अब नेपाली जनताको चाहना पूरा गर्न सक्दैनन्,’ उनले थपे, ‘मार्क्सवादी, लेनिनवादी, माओवादी, प्रगतिशील, क्रान्तिकारीका नामबाट उद्देश्य पूरा गर्न सम्भव छैन ।’

कान्तिपुर

Link copied successfully