एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै शुक्रबार बैठक सकिएको हो ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

UML's 11th General Convention to be held in the last week of Mangsir

काठमाडौँ — एमालेको मंसिरको अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटी बैठक सकिएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै शुक्रबार बैठक सकिएको हो ।

एमालेले नयाँ नेतृत्व चयन गर्न मंसिर २७, २८, २९ मा ११औं महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले सरकारले निर्वाचनको वातावरण नबनाएको निष्कर्ष निकालेको छ ।

‘सरकार मौन बसेको छ । प्रहरीबाट लुटिएका हतियार बाहिर राखेर मतदान केन्द्रसम्म मतदाताहरु कसरी पुग्न सक्छन्,’ एमालेको निष्कर्ष छ,’अहिले बहुआयामिक संकटमा धकेल्ने अवस्था छ । निर्वाचन हुन नसक्ने अवस्था छ । एमाले संसद् पुन: स्थापनाको माग गर्दछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully