यो केन्द्रीय कमिटी बैठकमा तीन दर्जन केन्द्रीय सदस्यले पूर्व राष्ट्रपति विद्या भण्डारीको पक्षमा धारणा राखेका छन्।
काठमाडौँ — एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आज पनि बोल्ने क्रम जारी छ। बिहीबारसम्म १८४ केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्।
यो केन्द्रीय कमिटी बैठकमा तीन दर्जन केन्द्रीय सदस्यले पूर्व राष्ट्रपति विद्या भण्डारीको पक्षमा धारणा राखेका छन्।
उनीहरूले पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन दिन मागसमेत गरेका छन्। त्यस्तै, एक दर्जन केन्द्रीय सदस्यले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको जिम्मा अध्यक्ष केपी ओलीले लिनुपर्ने र त्यसका आधारमा उनले आत्मालोचना गर्नुपर्ने माग गरेका छन्।
तीमध्ये केही केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीले पद छाड्नुपर्ने माग गरेका छन्।
