एमाले केन्द्रयि कमिटीमा ओलीको आलोचना

ललितपुरमा जारी केन्द्रीय कमिटीमा बोल्दै नेताहरुले राजनीतिक संकट आउनुमा नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन् ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Oli's criticism in UML Central Committee

काठमाडौँ — पार्टीमा आन्तरिक लोकतन्त्र नभएको, जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट आउनुमा नेतृत्व जिम्मेवार रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ ।

ललितपुरमा जारी केन्द्रीय कमिटीमा बोल्दै नेताहरुले राजनीतिक संकट आउनुमा नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन् । ‘यो राजनीतिक अवस्था आउनुमा नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्छ,’ उनीहरुको भनाइ थियो, ‘नयाँ ढंगले अघि बढ्नुपर्छ ।’ उनीहरुले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै फरक विचारलाई सम्मान गर्नुपर्ने बताएका छन् । 

ओलीको आलोचना गर्नेहरुमा रामलाल साह, रचना खड्का, झपड रावल, प्रकाश शाह, नरेन्द्र श्रेष्ठ, सुरेन्द्र मानन्धर, बाबुराम थापा, नवीना लामा, नरकुमारी पुन र ठम्मर विष्टलगायत छन् । बैठकमा नेताहरुले बोल्नेक्रम भने जारी छ ।

कान्तिपुर

Link copied successfully