गतिशील पार्टीका पदाधिकारी चुनावमा उम्मेदवार नबन्ने

पार्टीमा अहिलेसम्म एक अध्यक्ष, पाँच महासचिव र एक कोषाध्यक्ष राख्ने व्यवस्था गरिएको छ ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Dynamic party officials will not run for office in the election.

काठमाडौँ — व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले खोलेको गतिशील लोकतान्त्रिक पार्टीका पदाधिकारी चुनावमा उम्मेदवार नबन्ने भएका छन् ।

पदाधिकारी उम्मेदवार नबन्ने गरी विधान तयार गरिएको हो । पार्टी निर्वाचन आयोगमा बिहीबार दर्ता भएको छ ।

पार्टी अध्यक्ष दिनेश प्रसाईंले कान्तिपुरसँग भने, ‘पदाधिकारी पार्टीको काममा मात्र केन्द्रित रहने र अरू चुनावी प्रतिस्पर्धामा जाने भन्ने छ, पदाधिकारी चुनाव लड्ने परिस्थितिमा ६ महिनाअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेका छौं ।’

पार्टीमा अहिलेसम्म एक अध्यक्ष, पाँच महासचिव र एक कोषाध्यक्ष राख्ने व्यवस्था गरिएको छ । एकजना महासचिव संगठनतर्फ पियूष मिश्र हुनेछन् । बाँकी सुशासन, उद्यमशीलता र समता हेर्ने गरी बेग्लाबेग्लै महासचिव हुनेछन् । ‘विभिन्न साथीहरुसँग कुरा भइरहेको छ, उहाँहरुसँग सम्बन्धित विषयमा अन्तर्वार्ता नै गरेर यो पोजिसन दिइने हो,’ प्रसाईंले भने । 

कान्तिपुर

Link copied successfully