गतिशील लोकतान्त्रिक पार्टीमा बस्नेत सदस्य मात्रै, चुनाव लड्ने

पार्टी पदाधिकारीले चुनाव लड्न नपाउने व्यवस्था भएकाले उनी सदस्य मात्र रहने भएका हुन् ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Only Basnet is a member of the Dynamic Democratic Party, will contest the election

काठमाडौँ — गतिशील लोकतान्त्रिक पार्टीमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सदस्य मात्र रहने भएका छन् ।

पार्टी पदाधिकारीले चुनाव लड्न नपाउने व्यवस्था भएकाले उनी सदस्य मात्र रहने भएका हुन् । पाँच/छ महिनादेखि नै बस्नेतले पार्टी गठन गर्ने तयारी गरिरहेका थिए । तर, जेन-जी आन्दोलनपछि २१ फागुनमा चुनाव घोषणा भएकाले चाँडै अघि बढ्नुपरेको पार्टी अध्यक्ष दिनेश प्रसाईंले बताए ।

प्रसाईंसहितका नेताहरूले पार्टी दर्ता गर्न निर्वाचन आयोगमा बिहीबार निवेदन दिएका छन् ।

अध्यक्ष प्रसाईंका अनुसार पदाधिकारीमा एकजना महासचिव पियूष मिश्र हुनेछन् । बाँकी चार महासचिव र एक कोषाध्यक्षको टुंगो लाग्न बाँकी छ । बाँकी सबै सदस्य हुनेछन् ।

कान्तिपुर

Link copied successfully