प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने वा नजाने भन्नेबारे दलहरूसँग सभामुखको छलफल

सिंहदरबार अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन्।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Speaker's discussion with the parties on whether to go to court against the dissolution of the House of Representatives

काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर अदालत जाने कि नजाने भन्ने विषयमा परामर्श गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका छन् ।

सिंहदरबार अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन्। 

छलफलमा सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरले प्रतिनिधिसभा विघटनका विषयमा दलहरूको धारणाबारे जानकारी लिने जनाइएको छ। छलफलमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकहरू सहभागी छन्। 

बैठकमा संसद सचिवालयका महासचिव र अन्य पदाधिकारी पनि छन् । सभामुखले प्रतिनिधिसभा विघटनको विषयमा अदालतमा मुद्दा लिएर जाने कि नजाने भन्नेबारे यसअघि कानुनविद् र संविधानविद्‌हरूसँग पनि प्रतिनिधिसभा विघटनबारे परामर्श गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully