कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित बुधबार निवदेन बुझाइएको हो ।
काठमाडौँ — नेपाली कांग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि निवेदन बुझाएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित बुधबार निवदेन बुझाइएको हो ।
मङ्सिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन दिइएको एक नेताले बताए । पार्टीको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।
