हिमालय होटलमा बस्ने भनिएको कांग्रेस बैठक पार्टी कार्यालयमा

बैठकमा असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचीलगायत विषयमा छलफल हुने छ।

आश्विन २३, २०८२

रासस

The Congress meeting which was supposed to be held at the Himalaya Hotel was held at the party office

काठमाडौँ — यसअघि हिमालय होटलमा बस्ने तयारी भएको नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बस्ने र बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए। 

बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने उनले बताए। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि  पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो ।

प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो । उक्त प्रदर्शन पछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।

रासस

Link copied successfully