बैठकले मङ्सिरको अन्तिम साता हुने भनिएको महाधिवेशनको कार्यविधि, त्यसअगाडि अन्य पार्टीहरूसँग गर्ने पार्टी एकता र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
काठमाडौँ — माओवादी केन्द्रको विशेष महाधिवेशन तयारी, अन्य दलसँग पार्टी एकता र घोषित निर्वाचनको तयारीका लागि पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ।
बैठकले मङ्सिरको अन्तिम साता हुने भनिएको महाधिवेशनको कार्यविधि, त्यसअगाडि अन्य पार्टीहरूसँग गर्ने पार्टी एकता र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनले विशेष महाधिवेशन तयारीको लागि आवश्यक पर्ने कार्यविधि र पार्टी एकताको लागि छलफल भइरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादी नेपाल समाजवादी पार्टी लगायतसँग एकताको विषयमा पनि प्रस्ताव अघि बढाउने बताए ।
साथै उनले फागुन २१ मा घोषणा भएको निर्वाचनको तयारीका लागि आवश्यक कार्यक्रम बनाउने पनि बताए । उनले भने, 'हामी विशेष महाधिवेशन अन्य पार्टीहरूसँग एकता र निर्वाचनको तयारी पनि सँगसँगै लैजान्छौँ।'
माओवादीले भदौ अन्तिम साताको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशनमा आयोजक समिति बनाएको थियो। विशेष महाधिवेशनको संयोजकमा पुष्पकमल दाहाल छन् भने अरू सबै आयोजक समितिका सदस्यहरूमा परिणत भएका छन्।