हर्क साम्पाङले खोले पार्टी, निर्वाचन आयोगमा दिए निवेदन

हर्क साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिएका हुन् ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

Hark Sampang opened the party and submitted a petition to the Election Commission

काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने छ । हाललाई दर्ताका लागि निवेदन स्वीकार गरिएको आयोगले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully