नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू ।
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन्।
प्रस्तावमा जेन-जी आन्दोलनको समीक्षा, फागुन २१ गते घोषणा भएको निर्वाचनको तयारी, मंसिर अन्तिम साता विशेष महाधिवेशनको मिति, युवा पुस्तामा नेतृत्व हस्तान्तरणलगायत विषय समेटेको छ।
जेन-जी आन्दोलनपछि बस्न लागेको केन्द्रीय समितिले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र आगामी निर्वाचनबारे निर्णय गर्ने माओवादीले जनाएको छ।
