भूउपयोग नियमावली संशोधन, विकास निर्माण र विद्युत् लाइन विस्तारमा सहजता

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले विकास निर्माणमा भूउपयोग नियमावलीका कारण परेको बाधा हटाउने दाबी गरे।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Facilitation in revision of land use regulations, construction of development and extension of power lines

काठमाडौँ — नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाले भूउपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय गरेका छन्।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले विकास निर्माणमा भूउपयोग नियमावलीका कारण परेको बाधा हटाउने दाबी गरे। नियमावलीले विद्युत् लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत अवरोध पुर्‍याएको भन्दै मन्त्रालयले यसअघि संशोधनको तयारी गरिसकेको थियो।

मन्त्री सिन्हाले भने, 'भूउपयोग नियमावलीका कारण कित्ताकाट रोकिएको छ, जसका कारण विद्युत् ट्रान्समिसन लाइन र अन्य विकास निर्माणका काम पनि प्रभावित भएका छन्। अब यो नियमावली संशोधन गरेर प्रक्रिया सहज बनाइनेछ।'

भूउपयोग नियमावली, २०८१ दोस्रो पटक संशोधन हुने तयारी भइरहेको छ। उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न आफू सक्रिय रहने र योजनाबद्ध तरिकाले जनताको बचतदेखि अन्य कामहरू अघि बढाउने बताए।

कान्तिपुर

Link copied successfully