'नाति पुस्ता आइसक्यो, पुराना दलले पुनर्संरचना गर्नुपर्छ'
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने उनको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताउनु भयो ।
पुराना दल कांग्रेस, एमाले, माओवादी, राप्रपाले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको उनले बताए । 'निश्चित मितिमै चुनाव गर्नुपर्छ । त्यसका निम्ति दलहरू चाहिन्छन् । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरूको पुनः संरचना हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाति पुस्ता आइसक्यो,' उनले भन्यो ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् ।
