एमालेले विधान महाधिवेशन टुंग्याउँदै भन्यो - ‘वामपन्थी जनमत ध्रुवीकृत हुनु आजको आवश्यकता हो’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र सीमाका बारेमा राखिएको अडानले मुलुकको शिर उँचो बनाएको ठहर

भाद्र २२, २०८२

गंगा बीसी

UML concluded the legislative convention and said - 'The need of the day is to polarize the left-wing public opinion'.

What you should know

काठमाडौँ — एमाले विधान महाधिवेशनले २९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । समसामयिक प्रस्ताव पारित गर्दै एमालेले वामपन्थी विचार बोकेको समुदायलाई एमालेमा गोलबन्द हुन आग्रह गरेको छ ।

'नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको मूलधार नेकपा (एमाले) हो । नेकपा (एमाले) एकता र एकीकरणको मुख्य बाहक हो,' प्रस्तावमा भनिएको छ, 'जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा, सुदृढ संगठन र प्रभावशाली नेतृत्वको वरिपरि सिंगो वामपन्थी जनमत ध्रुवीकृत हुनु आजको आवश्यकता हो । यही राष्ट्रिय कार्यभारलाई मनन गर्दै वामपन्थी विचारधारामा विश्वास गर्ने आम जनसमुदायलाई नेकपा (एमाले)मा गोलबन्द हुन यो विधान महाधिवेशन हार्दिक आहृवान गर्दछ ।'

एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र सीमाका बारेमा राखिएको अडानले मुलुकको शिर उँचो बनाएको ठहर गरेको छ । 'यो महाधिवेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सांघाई सहयोग संगठनको शिखर सम्मेलनको सहभागिता र मित्रराष्ट्र चीन भ्रमण (१४–१८ भदौ, २०८२) मा रहँदा चीनका राष्ट्रपति सी चिन फिङसँग नेपाली भूमि लिपुलेकलाई भारतसाग व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने भनी गरिएको सम्झौताप्रति असहमति जाहेर गर्दै उपलब्ध भएका प्रमाण, तथ्य, नक्साका आधारमा उक्त भूमी नेपालको भएको दाबी प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनतालाई अन्तर्राष्ट्रिय जगतमा प्रष्ट पारी मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र सीमाका बारेमा राख्नुभएको अडानले मुलुकको शिर उाचो बनाएको ठहर गर्दछ,' प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै यसक्रममा रुसलगायत विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरुसाग भएको द्विपक्षीय भेट र त्यसक्रममा व्यक्त प्रतिबद्धताहरुले नेपालको प्रतिष्ठालाई थप उाचो बनाएको महसुस भएको छ ।'

एमालेको प्रस्तावमा दसैं तिहारका अवसरमा महँगी नियन्त्रण गर्ने पनि आग्रह गरेको छ ।

गंगा बीसी

Link copied successfully