एमालेले फेर्‍यो लोगोको रङ, अब रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा

महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा विजय सुब्बालाई दोहोर्‍याएको छ । उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित भएका छन् ।

भाद्र २२, २०८२

गंगा बीसी

EML changed the color of the logo, now a golden sickle hammer on a red background

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिस्ट पार्टीहरुको लोगो हँसिया हथौडाको रङ एमालेले फेरेको छ । सेतो रङ प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रङमा सुनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।

पार्टीको लोगो र हँसिया हथौडाको रङ सुनौलो राख्दा सुन्दर देखिने भन्दै विधान महाधिवेशनले फेरेको हो ।

महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा विजय सुब्बालाई दोहोर्‍याएको छ । उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित भएका छन् ।

गंगा बीसी

Link copied successfully