स्थायी कमिटी सदस्य कमल रोका, केन्द्रीय सदस्यहरु दामा शर्मा, सुशीला सिंखडा, बिमला सुवेदी र रेणु चन्दले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नेतृत्वका लागि आकांक्षा देखाएका छन्।
काठमाडौँ — नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा पाँच जना आकांक्षी देखिएका छन्।
काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनले चयन गर्ने महिला संघ (क्रान्तिकारी) नेतृत्वका लागि स्थायी कमिटी सदस्य कमल रोका, केन्द्रीय सदस्यहरु दामा शर्मा, सुशीला सिंखडा, बिमला सुवेदी र रेणु चन्द आकांक्षी देखिएका छन् ।
संघको केन्द्रीय समिति सहमति वा प्रत्यक्ष निर्वाचनबाट हुने वैधानिक प्रावधान भए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षका अकांक्षीबाट एक अध्यक्ष र अरु नेतृलाई पदाधिकारीमा व्यवस्थापन गर्ने तयारी भइरहेको एक सहभागीले बताए ।
‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ,’ ती नेतृले भनिन्, ‘प्रत्यक्ष चुनावबाट केन्द्रीय समिति चयन गर्ने माग पनि छ ।’स्थायी समिति सदस्यबाट अध्यक्ष चयन गर्ने कि केन्द्रीय सदस्यबाट भन्नेमा माओवादी नेतृत्व अझै द्वुविधामा रहेको छ।
बिहीबार बस्ने माओवादीको केन्द्रीय पदाधिकारी बैठकले महिला संघको नेतृत्व चयन गर्नेबारे छलफल गर्दैछ । सम्मेलनले २१५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
