२ महिना विदेशी स्याउमा प्रतिबन्ध लगाऔं, जुम्लाको स्याउ बेचौँ : सांसद शाही

जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरूले किनिदिनुहोला । अहिले मात्रै विदेशी स्याउ आइराखेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारीकरण गर्न गाह्रो पारेको छ । -सांसद शाही

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Let's ban foreign apples for 2 months, sell apples from Jumla: MP Shahi

काठमाडौँ — राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै शाहीले विदेशी स्याउ आयातमा २ महिना प्रतिबन्ध लगाउन माग गरेका छन् । 

विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न उनले माग गरे । सबै सांसद एवं संसद् सचिवालयका कर्मचारीहरूलाई समेत जुम्लाको स्याउ किनिदिन शाहीको आग्रह गियो ।  सांसद शाहीले स्याउ बिक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हैरानी दिने गरेको भन्दै गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराए । 

‘जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरूले किनिदिनुहोला । अहिले मात्रै विदेशी स्याउ आइराखेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारीकरण गर्न गाह्रो पारेको छ । अघिल्लो महिनामात्रै डेढ अर्ब स्याउ आयात भएको छ । त्यसको क्वारेन्टाइन चेक नगरिकन यहाँ नल्याउनुहोला । सकभर एकदुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ,’ उनले भने । 

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनको जोड छ । 

कान्तिपुर संवाददाता

Link copied successfully