रास्वपाले रूपन्देही उपनिर्वाचनका उम्मेदवार घोषणा गर्दै, आकांक्षीले आजै रविलाई भेट्ने 

सचिवालय बैठकअघि ९ जना आकांक्षीहरू सभापति रवि लामिछानेसँग भेटघाटका लागि नख्खु कारागार जाँदै छन् ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

RSVP announces candidate for Rupandehi by-election, aspirant to meet Ravi today

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक डाकेको छ । दिउँसो साढे १ देखि पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट मूल्यांकन, प्रवास विशेष अभियान सञ्चालन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सचिवालय बैठक सकिनेबित्तिकै उपनिर्वाचनका उम्मेदवार घोषणाको कार्यक्रम तय गरिएको रास्वपाले जनाएको  छ ।

उपनिर्वाचनका लागि ९ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्याल उम्मेदवारका आकांक्षी छन् । 

सचिवालय बैठकअघि ९ जना आकांक्षीहरू सभापति रवि लामिछानेसँग भेटघाटका लागि नख्खु कारागार जाँदै छन् । बिहान ११ बजे लामिछानेलाई सामूहिक रुपमा भेट्ने कार्यक्रम रहेको छ ।

रुपन्देही-३ बाट प्रतिनिधिसभामा निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएकाले सो स्थानमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ ।

कान्तिपुर संवाददाता

Link copied successfully