मुलुकलाई चुनौती दिने खालको कुनै पनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री पौडेलले आर्थिक अपराध नियन्त्रणमा नेपाल विश्वका सबै मुलुकसँग सहकार्य गर्न सक्षम रहेको सदनमा बताए।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

The government is ready to control any economic crime that challenges the country: Finance Minister Paudel

काठमाडौँ — उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले मुलुकलाई चुनौती दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनै पनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताए ।

राज्यलाई नै चुनौती दिन सक्ने गरी ठूला र गम्भीर प्रकृतिका आर्थिक अपराधहरू नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताउनुभयो। उहाँले नेपाललाई आर्थिक रूपमा ग्रे लिस्टमा नपर्ने सुनिश्चितता पनि दोहोर्‍याए ।


उपप्रधानमन्त्री पौडेलले भने, 'आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ। सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी विश्वका साझा प्रयासहरू पनि त्यसैका अभिव्यक्तिहरू हुन्। हाम्रो राज्यलाई नै चुनौती दिन सक्ने गरी ठूला र गम्भीर प्रकृतिका आर्थिक अपराधहरू नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरूसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ। त्यस हिसाबका प्रयासहरू छन्। यो दुनियाँकै चासो र सरकारको विषय पनि हो भन्ने कुरा म राख्न चाहन्छु।'


त्यस अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाइ व्यहोरिरहे पनि समस्यामा जेलिएको अवस्था नभएको पनि बताए ।

कान्तिपुर

Link copied successfully