पाकिस्तानको संसदीय प्रतिनिधिमण्डललसँग सभामुखको शिष्टाचार भेट

पाकिस्तानी प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले व्यापार, कनेक्टिभिटी र पर्यटनमा सहकार्यको सम्भावनाबारे चर्चा गरेका छन्।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Courtesy meeting of the Speaker with the Parliamentary delegation of Pakistan

काठमाडौँ — सभामुख देवराज घिमिरेले बुधबार सिंहदरवारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् ।

काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए । 

भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

Courtesy meeting of the Speaker with the Parliamentary delegation of Pakistan

सभामुख घिमिरेले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे । 

प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफलरूपमा सम्पन्न गरेकोमा ध्यावाद ज्ञापन गरिन् । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully