पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गल्ती गर्‍यो, हामी त्यस्तो गल्ती गर्दैनौं : पोखरेल

राष्ट्रपतिजस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने पोखरेलले बताएका छन् ।

भाद्र २, २०८२

अर्जुन शाह

Maoists made a mistake by bringing the former Vice President into politics, we will not make such a mistake: Pokharel

धनगढी — एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले पूर्व उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याएर गल्ती गरेको बताएका छन् । 

सोमबार अत्तरियास्थित एमाले सचिव लेखराज भट्टको घरमा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको नाम नलिईकनै उनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताएका हुन् ।

‘पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टीभन्दा माथि हुनुहुन्छ, जो पार्टी र प्रतिस्पर्धाभन्दा माथि छ, उहाँहरुको अधिकार खोसियो भन्ने भाष्यचाहिँ ठिक होइन,’ महासचिव पोखरेलले भने, ‘स्वाभाविक रुपमा माओवादी केन्द्रले गल्ती गर्‍यो, तर त्यो गल्तीको पछाडि एमाले जाँदैन । बरु गल्ती गरिहाल्नुभयो, सच्याउनुस् भन्छौं ।’

महासचिव पोखरेलले राष्ट्रपतिजस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने आवश्यकता रहेको बताए ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully